चलचित्र आदिपुरुषको प्रेस विज्ञप्ति
हाल समाजिक सञ्जाल र सञ्चार माध्यमहरुमा प्रेषित भारतीय चलचित्र आदिपुरुषका सम्बन्धमा यस संघको गम्भीर ध्यानाकर्षण भएको छ । का. म. न. पा. का मेयर श्री बालेन्द्र साहको फेस बुक स्टाटसको आधारमा हामीले मुलुकभर आषाढ १ गते शुक्रबार बिहान शान्ति सुरक्षाका कारण चलचित्र घरहरु बन्द गरेको अवस्थामा, पछि कुनै पनि लिखित परिपत्र महानगरपालिका, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकाश बोर्डबाट नआएको हुनाले चलचित्र घरहरुमा सो चलचित्र सार्बजनिक प्रदर्शन गरियो । तर आषाढ ३ गते आइतबार साँझ फेरि पनि महानगरपालिकाका नगर प्रहरीबाट नै हिजो सोमबारदेखि चलचित्र प्रदर्शन नगर्न मौखिक अनुरोध भएकोमा त्यसबाट सृजित भएको अस्पष्टता र अन्योलताले गर्दा सम्बन्धित वितरक कम्पनीले पनि उक्त चलचित्र प्रदर्शन नगर्ने भनी विज्ञप्ति जारी गरेकोले चलचित्र आदिपुरुषको सार्बजनिक प्रदर्शन बन्द गरिएको व्यहोरा जानकारी गराउन चाहन्छु ।
साथै नेपालको संविधान र कानूनको पालना गर्ने सबैको जिम्मेवारी हो । संविधानले दिएको अधिकार र कर्तव्यको रक्षा तथा पालना गर्न हामी प्रतिबद्ध छौं ।