प्रेस विज्ञप्ति:चलचित्र बिकास बोर्ड निष्पक्ष हुननसकेको बारे

प्रेस विज्ञप्ति:चलचित्र बिकास बोर्ड निष्पक्ष हुननसकेको बारे

मिति : २०७९/०९/०६

नेपाल चलचित्र संघको राष्ट्रिय भेला आज नेपाल चलचित्र संघको सभा कक्षमा सम्पन्न भयो । आजको भेलाले चलचित्र बिकास बोर्ड निष्पक्ष हुननसकेको र नेपाल चलचित्र संघको सदस्यहरुलाई आफ्नो ब्यवसायबाटै बिस्थापित गर्ने खालका क्रियाकलाप गरेको निष्कर्ष निकालेको छ । चलचित्र बिकास बोर्ड संगको पटक पटकको वार्तामा समेत चलचित्र बिकास बोर्ड व्यवसायीको समस्यालाई गम्भीरतापूर्वक नलिएको मात्रै हैन झन झन व्यवसायलाई एक पछि अर्को निर्णयबाट बिस्थापित गर्ने खालको गतिविधि हुदै गएको हुँदा नेपाल चलचित्र संघ चरणबद्ध आन्दोलनमा उत्रने आजको राष्ट्रिय भेलाबाट सर्वसम्मत निर्णय भएको छ । आन्दोलन हाम्रो रहर हैन बाध्यता हो ।

प्रथम चरणको कार्यक्रम

१) संचार मन्त्रालयमा ज्ञापन पत्र बुझाउने – २०७२/०९/१२

२) चलचित्र घरमा २०७९/०९/१५-१७ गते सम्म कालो पट्टि बाँधि बिरोध प्रदर्शन ३) २ घन्टा चलचित्र बिकास बोर्डमा धर्ना

४) चलचित्र बिकास बोर्डमा तालाबन्दी (३ र ४ बुँदाको मिति पछि तय गर्ने)

नेपाल चलचित्र संघको महासचिव नरेन्द्र महर्जनको संयोजकत्वमा ११ सदस्यीय संघर्ष समिति गठन भएको छ । साथै आजै नेपाल चलचित्र संघको पुर्वान्चल भेला र पश्चिमान्चल भेलाले समेत राष्ट्रिय भेलाको निर्णयलाई स्वागत गर्दै एक्यवद्धता जनाउने निर्णय गरेको छ ।